देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज नर्सिङ दिवस मनाइँदै

देशान्तर

काठमाण्डौ । आज नर्सिङ दिवस । नर्सहरुको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते आजकै दिन नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो ।

नर्सिङ सङ्घको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाइँदै आइएको छ । आजको दिन यो क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले कार्यक्रम गर्दै आएका छन् । नेपालमा नर्सिङ्ग पेसा व्यावसायिक बन्न सकिरहेको छैन । साथै नर्सहरु न्यून तलबमा काम गरिरहेका छन् ।

नेपालमा बर्सेनि हजारौँको सङ्ख्यामा नर्सहरु उत्पादन हुँदा यसको व्यवस्थापन हुन सकेको छैन । उत्पादन भएका नर्सहरुको व्यवस्थापन हुन नसक्दा नर्सहरु स्वयम्सेवीका रुपमा काम गर्न बाध्य रहेका छन् । जसले गर्दा उनीहरुको पेसागत सुरक्षा अझै प्रत्याभूत हुन सकेको छैन ।