देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नम्बर नखुलेको गाडीको ठक्करबाट एकजनाको मृत्यु

देशान्तर

सर्लाही– हरिवन नगरपालिका(४ गणेशचोकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।

पूर्व(पश्चिम राजमार्गमा हिँडिरहेका स्थानीय ४५ वर्षीय रामबलि रामलाई शुक्रबार राति साढे ८ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको प्रहरीले जनाएको छ। टाउकोमा चोट लागेको उनको घटनास्थलमै मृत्यु भएको थियो। शव पाष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पताल पठाइएको छ।

नम्बर नखुलेको उक्त सवारी साधन रात्री बस हुन सक्ने प्रहरीले अनुमान गरेको छ। पूर्व(पश्चिम राजमार्गअन्तर्गत विभिन्न स्थानमा रहेको सिसिटिभी फुटेज अध्ययन भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।