देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको गाडीमा आक्रमण गर्नेलाई कारबाहीको माग

देशान्तर

काठमाडौं – नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा। डा। श्रीकृष्ण गिरी चढेको गाडीमा आक्रमणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ।

संघले शनिबार विज्ञप्ती जारी गर्दै गिरीमाथि आक्रमण गर्ने समूहको पहिचान गरि कारबाही गर्न सरकारसँग माग गरेको हो। गिरीलाई लक्षित गरी उनी सवार गाडीमा बिहीबार आक्रमण गरिएको थियो।

विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सकलाई नै लक्षित गरी सांघातिक हमला गर्ने र यस्ता अमानवीय गतिविधिमा संलग्न जो कोही व्यक्ति वा समूहको अबिलम्ब पहिचान गरी दोषीलाई प्रचलित कानून बमोजिम कारबाही गर्न नेपाल चिकित्सक संघ नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायसमक्ष जोडदार माग गर्दछ।’