काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले पर्यटक भिसा (भिजिट भिसा) मा मलेसिया, कम्बोडिया र दुबई जान लागेका १० जनालाई फिर्ता ९अफलोड० गरेको छ । अध्यागमन कार्यालयले शनिबार बिहान उनीहरुलाई प्रस्थान अनुमति(डिपार्चर) नदिएको हो ।
उनीहरु कसैले पनि अध्यागमन अधिकृत समक्ष भिजिट भिसामा जानुको औचित्य पुष्टि गर्न नसकेपछि रोकिएका हुन् । गृह मन्त्रालयले समेत भिजिट भिसामा रोक लगाएको छ । भिजिट भिसामा जान गृह मन्त्रालयले तोकेको मापदण्ड पूरा गर्न नसकेपछि त्यस्ता यात्रुहरुलाई अध्यागमन कार्यालयले फिर्ता गरेको स्रोतले जानकारी दिएको छ ।
मलेसिया, खाडीमुलुकलगायत अन्य केही मुलुकमा मानव तस्करहरुले भिजिट भिसामा नेपालीहरुलाई पुर्याएर अलपत्र पारेको भन्दै गृह मन्त्रालयले कडाइ गरेको छ । अध्यागमन कार्यालयले मलेसिया हिँडेका ललितपुरका निध्यना विष्ट, काठमाडौंकी जुनु गिरी, निर्मला गिरी, जुली गिरी र अर्की एक गिरी थरकी युवतीलाई प्रस्थान अनुमति नदिएको हो ।
उनीहरुले भिजिट भिसामा मलेसिया जानुपर्ने कारण र आवश्यक कागजपत्र पेस गर्न नसकेको अध्यागमन स्रोतले बताएको । विमानस्थलस्थित अध्यागमन कार्यालयले मानव तस्करको जालो तोडन भिजिट भिसाको औचित्य पेस गर्न नसकेका यात्रुहरुलाई रोक लगाउँदै आएको छ ।
त्यस्तै अध्यागमनले भिजिट भिसामा कम्बोडिया हिंडेका गुल्मीका नारायण ढकाल, दैलेखका गणेशबहादुर खडका, लम्जुङका पूणर्बहादुर गुरुङ र तनहुँका किरण दुरालाईसमेत शंकास्पद यात्रा भन्दै प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ । अध्यागमनले प्रस्थान अनुमति नदिएपछि उनीहरु त्यहीँबाट फर्किएका थिए । त्रिअबी अध्यागमन कार्यालयले कम्बोडिया हिंडेका खडका, गुरुङ र दुरालाई यसअघि पनि आवश्यक कागजात दिन नसकेपछि प्रस्थान अनुमित दिएको थिएन ।





प्रतिक्रिया