देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ४९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन्।

देशभर गरिएको १० हजार १०१ पीसीआर र ४ हजार ४६१ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ९ लाख ४७ हजार ३९२ जना पुगेको छ। कुल संक्रमितमध्ये ८७ हजार ३२९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ५ हजार ९२४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ४८ हजार ३६० पुगेको छ।

उक्त अवधिमा ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ। हाल १३९ जना क्वारेन्टाइनमा छन्। २८६ जना आइसीयू र ४७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।