सोलुखुम्बु । सोलुखुम्बमा निर्माणधिन ८६ मेगावट क्षमताको सोलुदुधकोशी हाईड्रोपावरको सुरुङमा बेपत्ता मजदुर मृत अवस्थामा फेला परेका छन् ।
माघ १३ गते थुलुङ दुधकोशी गाउँपालिका ३ स्थित पन्चनमा निर्माणाधिन हाईड्रोपावरमा सुरुङभित्र पाइप लैजाने क्रममा स्काभेटर भाँचिएर दुर्घटना हुँदा बेपत्ता भएका बाराका २४ बर्षिय राकेश चौधरी मृत भेटिएका हुन् ।
शनिबार दिउँसो सुरक्षाकर्मीको टोलीले सुरुङ भित्र मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए । उनको शवलाई पोष्टमार्टको लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ ।
दुर्घटनामा घाईते भएका पर्सा जिल्ला पटेरवा गाउपालिका ४ का २० बर्षिय आंगत रायको ग्राण्डी अस्पताल काठमाण्डौमा उपचार भईरहेको छ ।





प्रतिक्रिया