देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एक किलो सुनसहित काठमाडौंबाट पोखरा जाँदै गरेका युवक पक्राउ

देशान्तर

काठमाडौं – एक किलो सुनसहित काठमाडौंबाट पोखरा जाँदै गरेका एक युवक पक्राउ परेका छन् । पोखरा– ३० पावर हाउस चोकबाट करिब एक किलो बराबरको बिस्कुट आकारको सुनसहित रेशम सुनारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । अवैध रुपमा भित्र्याएको सुनसहित पक्राउ गरेका युवक पोखरा – १५ रामबजारका हुन् ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १ ख २९६९ नम्बरको हाइस माइक्रो बसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुन भेटिएको बरामद भएको हो । सुनारले लुकाइ ल्याएको अवस्थामा सुन फेला पारेको प्रहरीले जनाएको छ । एक किलो सुनको मूल्य करिब ८० लाख रुपैयाँ पर्न आउँछ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।