देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

टिकटकमा भाइरल भएको म्याग्दीको रत्नेचौरमा टिकटक बनाउन निषेध

देशान्तर

काठमाडौं – टिकटकमा भाइरल भएको म्याग्दीको रत्नेचौरमा टिकटक बनाउन निषेध गरिएको छ ।

कोरोनाको तेस्रो लहर बढ्दै गएको अवस्थामा टिकटक बनाउने बहानामा धेरै भीड जम्मा हुन थालेपछि शनिबार बसेको डीसीसीएमसीको बैठकले रत्नेचौरको तोरीबारीमा टिकटक बनाउन निषेध गरेको हो ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले भीडभाड बढी भएका कारण आइतबारदेखि भाइरल रोडमा टिकटक बनाउन प्रतिबन्ध लगाइएको जानकारी दिए ।

जिल्लामा आइतबारदेखि अन्य सेवामा पनि प्रशासनले कडाइ गरेको छ । कोरोना संक्रमित बढ्दैपछि यसअघि जारी गरिएको आदेश १५ गतेसम्मको लागि थियो । जसमा प्रतिबन्ध लगाइएका सेवालाई कार्यान्वयनमा कडाइ गरिएको थिएन । तर आइतबारदेखि पहिले लगाइएको प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयनमा ल्याइएको शर्माले बताए ।