देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लिगका बाँकी खेल माघ अन्तिमबाट गर्ने तयारी

देशान्तर

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलको नवौँ चरणपछि स्थगित गरिएका खेलहरू माघ अन्तिम सातादेखि गर्ने तयारी अखिल नेपाल फुटबल संघ एन्फाले गरेको छ।

मौरिसससँगको दुई मैत्रीपूर्ण खेलका कारण प्रतियोगिता रोकिएको थियो। एन्फाले १० औँ चरणका खेलहरू माघको अन्तिम साताबाट सुरु गर्ने तयारी गरिएको हो। २७ माघबाट खेल गर्ने तयारी गरिएको छ।

१० औँ चरणका खेलहरू २७ देखि १ फागुनसम्म गर्ने गरी तयारी गरिएको एन्फा कम्पिटिसन डाइरेक्टर रहेका सञ्जीव मिश्रले जानकारी दिए। यद्यपि मितिको औपचारिक टुंगो भने लागेको छैन।

कोभिडका कारण स्थगित भएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबको खेल गराएर नवौँ चरण पूरा गर्ने तयारी पनि एन्फाले गरेको छ। नवौँ चरणका खेलपछि करिब तीन साताका लागि लिगमा ब्रेक भएको थियो।

जारी लिगमा नवौँ चरणसम्मको समाप्तिमा मच्छिन्द्र क्लब लिगको शीर्ष स्थानमा छ। उसले जारी लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ।

नौ खेलमा सात जित, दुई बराबरी खेल्दै २३ अंक जोडेको मच्छिन्द्रलाई मनाङले १९ अंकका साथमा पछ्याइरहेको छ। त्यस्तै तेस्रो स्थानमा रहेको आर्मीको १७ अंक बनाएर उपाधि होडमा कायमै छ।