देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्थानीय तह रिक्त बनाउनु संविधान र कानुनविपरीत – नेपाल बार

देशान्तर

काठमाडौँ । नेपाल बार एसोसिएसनले स्थानीय तह रिक्त बनाउनु संविधान र कानुनविपरीत हुने बताएको छ ।

बारका महासचिव लीलामणि पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन सार्ने वा नगर्ने बहाना नखोज्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

स्थानीय तहको निर्वाचन नियमित हुनुपर्ने बारको धारणा छ । बारले हाल स्थानीय तहको अवधि समाप्त हुन लागेको र यसको नियमित निर्वाचन गर्ने सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका विभिन्न समाचारहरूबाट गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

महासचिव पौडेलले लेखेको विज्ञप्तिमा उल्लेख छ, ’कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन । कुनै पनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानुन विपरीत मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ ।’

संविधान र कानुनसमेतका आधारमा सबै तहका निर्वाचन गर्न बारले अपील गरेको छ ।