देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मूर्ति चोरीबारे सूचना दिनेलाई पाँच लाख रुपैयाँ पुरस्कार दिइने

देशान्तर

काठमाण्डौ । ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी माईको मूर्ति बारे सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिइने घोषणा गरिएको छ ।

चोरी भएको एक हप्ता बिते पनि मूर्ति भेट्टाउन नसकेपछि बालकुमारी गुठीले विशेष सूचना निकालेर यस्तो घोषणा गरेको हो ।

ललितपुर महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष बाबुराज महर्जनले विशेष सूचना दिने व्यक्तिलाई पाँच लाखसम्मको पुरस्कार दिने घोषणा गरेको बताए । उनले सुराकी दिने व्यक्तिको गोपनीयता पनि कायम राख्ने बताए ।

गएको आइतवार माघ ९ गते ललितपुर महानगरपालिका–२७ मा रहेको बालकुमारी मन्दिरबाट मूर्ति हराएको थियो ।

चोरी भएको मूर्तिको सम्बन्धमा अनुसन्धान गर्न अहिले महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको टोली खटिएको छ ।