काठमाडौं । संविधानसभा सदस्य डा. दुमनसिंह थापाको निधन भएको छ ।
थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी मृर्गौला समस्याबाट पीडित थिए ।
२०७० सालको संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट अर्घाखाँची २ बाट निर्वाचित थापा अहिले नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए ।
डा. थापाका श्रीमती र एक छोरा छन् ।





प्रतिक्रिया