देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक

देशान्तर

काठमाडौं – चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तह अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगले माघ ८ देखि १० गतेसम्म सञ्चालन गरेको चिकित्सा शिक्षा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो।

आयोगले नतिजा सार्वजनिक गर्दै राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०५७ (संशोधन सहित) को नियम १६ बमोजिम दुर्गम क्षेत्रमा काम गरेको अनुभवको अङ्क प्राप्त गर्ने उम्मेदवारको हकमा सो अङ्क सहित समावेश गरी कायम हुन आएको कूल अङ्कको आधारमा योग्यताक्रम निर्धारण गरिएको जनाएको छ ।

आयोगले प्रकाशित नतिजामा चित्त नबुझको खण्डमा उम्मेद्वारहरुले पुनर्योग गर्नको लागि निवेदन दिन सक्ने जनाएको छ।