देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रहरीमा जागिर लगाइदिने नाममा आठ लाख रुपैयाँ ठगेको आरोपमा एकजना पक्राउ

देशान्तर

जनकपुरधाम– प्रहरीमा जागिर लगाइदिने नाममा आठ लाख रुपैयाँ ठगेको आरोपमा एक जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बलरा नगरपालिका ७ गडहिया टोल बस्ने एमडी राजा भनिने इजराइल मन्सुरी रहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

इजराइलले गाउँकै अतिबुला मियाँको छोरालाई प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ८ लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।