देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अनलाइन जुवा खेल्‍ने ७४ जना पक्राउ

देशान्तर

काठमाडौं – अनलाइन जुवा खेलमा संलग्न ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ सातबजेको समयमा बौद्दस्थित एक रेष्टुरेण्टमा अनलाइन जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

पक्राउ पर्नेहरूमा ६६ जना पुरुष र ८ जना महिला छन्। उनीहरूको साथबाट प्रहरीले ६ लाख १९ हजार २५० रुपैयाँ र (मोबाइल), बिङ्गो खेल्न प्रयोग गरिने कुपन र नगदसमेत नियन्त्रणमा लिइएको जनाएको छ।

स्थायी घर दोलखा भई हाल बानेश्‍वर बस्ने ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेण्टमा उनीहरूले अनलाइन जुवा(बिङ्गो खेल) मा संलग्‍न रहेका थिए।

कोभिड-१९ को महामारी विद्यमान रहेको अहिलेको समयमा ठूलो संख्यामा मानिसहरु भेला जम्मा भई संलग्न रहेको भनी प्रहरीले विशेष सूचना पाएपछि महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्दबाट संयुक्त खटिएको टोलीले छापा मारेको थियो।

पक्राउ परेकाहरूको सम्बन्धमा महानगरीय प्रहरी वृत्त बौद्दबाट मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-५ अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुनेु कसुरअन्तर्गत थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।