देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ललितपुर महानगरले चार रुटमा सीसीटीभी क्यामेरा जडान गर्ने

देशान्तर

ललितपुर – ललितपुर महानगरपालिकाले महानगर क्षेत्रका विभिन्न ठाउँमा सीसीटीभी क्यामेरा जडान गर्ने भएको छ । महानगरले महानगरीय प्रहरी परिसर जावलाखेलसँग सहकार्य गरेर सीसीटीभी क्यामेरा जडान गर्न लागेको हो ।

सीसीटीभी क्यामेरा जडानका लागि महानगर र प्रहरी परिसर जावलाखेलबीच सोमबार एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर पत्रमा महानगरका प्रमुख चिरीबाबु महर्जन र परिसरका वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले हस्ताक्षर गरेका छन् ।

महानगरले महानगरभित्रको चारवटा रुटमा दुई करोड लगानीमा सीसीटीभी क्यामेरा जडान गर्ने भएको हो । जडानका लागि प्रहरीले महानगरलाई प्राविधिक सहयोग गर्नेछ ।

सीसीटीभी क्यामेरा हाललाई स्मार्ट सडकबत्ती जडान भएका रुटमा राखिने महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । यो क्यामेरा स्मार्ट सिटीको महत्वपूर्ण अवयव भएको बताउँदै सीसीटीभीले सहरलाई सुरक्षित बनाउने बताए । उनले भने, ‘अन्य रुटहरुमा पनि हामी स्मार्ट सडक बत्ती छिट्टै जडान गर्छौं, त्यसपछि ती रुटमा पनि सीसीटीभी क्यामेरा राख्छौं ।’

महानगरपालिकाले बागमती पुलबाट जावलाखेल–लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल, पाटन ढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार–लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६ सय ६९ वटा स्मार्ट सडक बत्ती जडान गरिसकेको छ ।