देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोरङका दुई कुखुरा फर्ममा बर्ड फ्लू, कुखुरा नष्ट

देशान्तर

विराटनगर– मोरङका दुई कुखुरा फर्ममा बर्ड फ्लू देखिएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार ग्रामथान गाउँपालिका र बुढीगंगा गाउँपालिकामा रहेको एक-एक फर्ममा बर्ड फ्लू देखिएको हो ।

ग्रामथान गाउँपालिका-१ को खुनियाकट्टा र बुढीगंगा–५ मा रहेको लेयर्स कुखुरा फर्मका कुखुरामा बर्ड फ्लू देखिएको हो । बर्ड फ्लू देखिएपछि दुवै स्थानका कुखुरा नष्ट गरिएको छ । थप दुई स्थानमा पनि बर्ड फ्लूको आशंका गरिएको छ ।

ग्रामथान-१ मै रहेको थप एक कृषि फर्म र कटहरी गाउँपालिका–७ मा रहेको फर्मका कुखुरा मरेपछि बर्ड फ्लूको आशंका गरिएको हो । ती स्थानमा रहेका कुखुराको जाँच गरिएको छैन ।

बुढीगंगामा रहेको फर्मममा पाँच हजार कुखुरामध्ये तीन हजार ५०० कुखुरा मरेपछि जाँच गर्दा बर्ड फ्लू देखिएको थियो । ग्रामथान गाउँपालिका–१ का वडाध्यक्ष नमोनारायण माझीले बर्ड फ्लू देखिएपछि लेयर्स कखुराको फर्ममा रहेका कुखुरा नष्ट गरिएको बताए ।