देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कर्कलोको पातले छोपेको अवस्थामा भेटियो अटो चालकको शव

देशान्तर

नवलपुर – नवलपुरको कावासोतीमा हिलोमा गाडेर कर्कलोको पातले छोपेको अवस्थामा एक अटो चालकको शव भेटिएको छ । कावासोती नगरपालिका(१३ गैरी घर भएका ५२ वर्षीय माधवप्रसाद गिरी घर नजिकैको घोलमा मृत भेटिएका हुन् ।

कावासोती नगरपालिका-१३ का अध्यक्ष विनोद रानामगरले गिरीको शव घर नजिकैको घोलमा गाडिएको अवस्थामा फेला परेको जानकारी दिएका छन् । ‘सडक छेउमा उनले चलाउने अटो रोकिएको छ र घोलको हिलोमा शव गाडेर माथिबाट कर्कलाको पातले छोपेर राखिएको अवस्थामा पाइएको छ,’ रानामगरले भने ।

वडाध्यक्ष रानामगरका अनुसार गए राति घरमै बसिरहेका गिरीलाई अपरिचित व्यक्ति आएर अटोमा पुर्‍याइ दिन भनेपछि उनी घरबाट निस्किएका थिए । उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको स्थानीयको भनाइ छ ।

नवलपुर प्रहरीका डिएसपी दिलिपकुमार गिरीले शवलाई अहिले खाल्डोबाट बाहिर निकालिएको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् । अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर मगाइएको उनले जानकारी दिए । घटनास्थलमा एसपी प्रज्ज्वल महर्जन पनि पुगेका छन् ।