देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय एकतालाई सुदृढ बनाउने राष्ट्रपतिको विश्वास

देशान्तर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होछारबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

तामाङ समुदायको मुख्य पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएकी छन् ।

मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार बाघ वर्ष सुरु भएको खुसियालीमा सोनाम ल्होछार पर्व मनाउँदै आएको पाइन्छ ।