देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ललितपुर महानगर थप ११ सय स्मार्ट सडक बत्ती जोड्दै

देशान्तर

काठमाडौं । ललितपुर महानगरपालिकाले नगर क्षेत्रमा दोस्रो चरणमा थप ‘स्मार्ट स्ट्रिट लाइट’ (सडक बत्ती) जडान गर्न गर्ने भएको छ ।

मेयर चिरिबाबु महर्जनका अनुसार नेपाल विद्युत् प्राधिकरणको प्राविधिक सहयोग र महनगरपालिकाको लगानीमा थप ११ सय सडक बत्ती जडान गर्न लागिएको हो ।

बुङ्मती, खोकना, सुनाकोठी, धापाखेल, भैंसेपाटी, हरिसिद्धीलगायतका क्षेत्रका सडक पनि अब अध्याँरोमुक्त हुने उनले बताए । करिब ९ करोड बत्ती जडानको गर्न लागिएको महानगरले जानकारी दिएको छ ।

यसअघि ललितपुरको मुख्य शहरी क्षेत्रमा जडान भएका ६६९ वटा बत्तीले रातको समयमा शहरमा प्रभावकारी भएकाले अन्य क्षेत्रमा पनि जडानको काम अघि बढाउन लागिएको उनले बताए ।

महत्वपूर्ण चोकमा १४ वटा हाइमास्ट स्मार्ट सडक बत्ती पनि जोड्न लागिएको उनले बताए । यसले मुख्य चोकहरू रातको समयमा अँध्यारोमुक्त हुने मेयर महर्जनको दाबी छ ।

दोस्रो चरणमा ११ सय स्मार्ट सडक बत्ती जोडेपछि तेस्रो चरणमा चक्रपथको ललितपुरभित्र पर्ने ७.९ किलोमिटर खण्डमा पनि बत्ती जोड्न टेन्डर हुने र त्यसका लागि पूर्वतयारीको काम भइरहेको उनले जानकारी दिए ।