देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुदूरपश्चिममा १६ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

देशान्तर

बैतडी – सुदूरपश्चिम प्रदेशमा हालसम्म १६ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन्।

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ९ वटै जिल्लामा गरेर हालसम्म १६ लाख ६ हजार ६७३ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा लगाएका हुन्। पूर्ण मात्रा भने ११ लाख ४ हजार ९४६ जनाले लगाएका छन्।

प्रदेशको सबैभन्दा बढी कैलालीमा ४ लाख ७२ हजार ९७४ जनाले पहिलो मात्रा पाएका छन् भने ३ लाख ५५ हजार ७२० जनाले पूर्ण मात्राको खोप लगाएका छन्।

यस्तै सबैभन्दा कम डडेल्धुराका ६५ हजार ६०७ जनाले पहिलो र ५९ हजार ५५७ जनाले पूर्ण मात्रा लगाएका निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ।

प्रदेशको कञ्चनपुर जिल्लामा ३ लाख ४२ हजार ६५१ जनाले पहिलो र २ लाख ४४ हजार २५१ जनाले पूर्ण मात्रा, बैतडीका १ लाख ५२ हजार ६२९ जनाले पहिलो र ९४ हजार १८३ जनाले पूर्ण मात्रा, अछामका १ लाख ३७ हजार ४५२ जनाले पहिलो र ९१ हजार २१ जाले पूर्ण मात्रा, बाजुरामा १ लाख २४ हजार ९२५ जनाले पहिलो र ७४ हजार ३४५ जनाले पूर्ण, डोटीका १ लाख २० हजार ५७२ जनाले पहिलो र ६५ हजार ५७५ जनाले पूर्ण मात्रा, बझाङका ९९ हजार ८४४ जनाले पहिलो र ५६ हजार ३८ जनाले पूर्ण मात्रा, दार्चुलाका ९० हजार १९ जनाले पहिलो र ६२ हजार २५६ जनाले पूर्ण मात्रा लगाएका जनाइएको छ।

सुदूरपश्चिममा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, जन्सन, भेरोसेल र फाइजर खोप दिइएको हो।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रदेशका सबै जिल्लामा खोप अभियान सञ्चालनमा रहेको छ।