देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जुत्ता उद्योगमा भीषण आगलागी

देशान्तर

झापा – झापाको मेचीनगर-६ काँकडभिट्टा स्थित एसएस फुटवेयर (जुत्ता उद्योग) मा भीषण आगलागी भएको छ ।

बिहीबार बिहान करिब पौने १२ बजे उद्योगमा लागेको अझै नियन्त्रणमा आउन सकेको छैन। अहिले घटनास्थलमा बिर्तामोड, कमल र दमक गरी तीन वटा दमकलले आगो नियन्त्रणका लागि प्रयास गरिरहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

मेचीनगर नगरपालिकाको दमकल बिग्रिएर थन्काइएकाले उद्योगमा लागेको आगो समयमै नियन्त्रण आउन नसकेको स्थानीयवासी बताउँछन्। उद्योगमा आगलागी भएको ४५ मिनेटपछि मात्र दमकल घटनास्थल पुगेको थियो।

आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरी, स्थानीयवासी लागि परेका छन्। सो उद्योगभित्र ठूलो मात्रामा तेलका ट्याङ्कर रहेको र अहिले तेलका ट्याङ्करहरू बाहिर निकाल्ने कार्य भइरहेको छ।

स्थानीय उद्योगी श्याम खेताङले सञ्चालन गरेको सो उद्योगमा लागेको आगलागीको कारण नखुलेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।