देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

 स्थगित लोक सेवाका परीक्षा फागुन ७ देखि

देशान्तर

काठमाडौँ — कोभिड-१९ को संक्रमणका कारण स्थगित भएका लोक सेवा आयोगका परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने भएका छन् । आयोगको बुधबार बसेको बैठकले यसअघि महामारीको कारण स्थगित भएका परीक्षाहरू फागुन ७ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

संक्रमण तीव्र गतिमा फैलिएका कारण यसअघि ६ माघमा आयोगले परीक्षा तालिका निर्धारण भइसकेका विभिन्न तहका परीक्षाहरू स्थगित गरेको थियो ।

आयोगले अब पूर्वनिर्धारित ती परीक्षाहरू स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर गर्ने भएको हो ।

आयोगले उपसचिव वा सो सरह (अप्राविधिकरप्राविधिक), शाखा अधिकृत वा सो सरह(प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहका विभिन्न परीक्षाको कार्यतालिकोसमेत प्रकाशित गरेको छ ।