देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीद्वारा पदभार ग्रहण

देशान्तर

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले पदभार ग्रहण गरेका छन्।

बिहीबार उनले महानिर्देशकको कार्यभार सम्हालेका हुन्। प्राधिकरणमा ११ औं तहमा कार्यरत रहेका उनलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

चार वर्षका लागि अधिकारी प्राधिकरणको महानिर्देशक बनेका हुन्।