देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

घुस लिएको आरोपमा नासु पक्राउ

देशान्तर

काठमाडौं – जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग साढे तीन हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारामा एक वडा सचिवलाई नियन्त्रणमा लिएको छ।

कोल्हवी नगरपालिका-११ रामपुर्वाका वडासचिव नायव सुव्वा विनोदप्रसाद साहलाई सेवाग्राहीबाट लिएको रकमसहित आयोग हेटौडाको टोलीले उनकै कार्यालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।