देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सन् २०२२ को पहिलो महिनामा १७ हजार जना पर्यटक नेपाल आए

देशान्तर

काठमाण्डौ – सन् २०२२ को पहिलो महिनामा झन्डै १७ हजार जना पर्यटक नेपाल आएका छन् ।

अध्यागमन विभागका अनुसार जनवरी महिनमा १६ हजार नौ सय ७५ जना पर्यटक नेपाल आएका छ्न । यो अघिल्लो वर्षको तुलनामा दोब्बरले धेरै हो । सन् २०२१ को जनवरीमा नेपालमा आठ हजार आठ सय ७४ जना पर्यटक नेपाल आएका थिए ।

यो वर्षको जनवरीमा सबैभन्दा धेरै भारतबाट तीन हजार नौ सय १६ जना पर्यटक नेपाल आएका छन् । युरोपका देशबाट तीन हजार पाँच सय २७ जना, अस्ट्रेलिया र न्युजिल्यान्डबाट एक हजार दुई सय ४० र अमेरिकी देशबाट तीन हजार ६ सय १८ जना पर्यटक नेपाल आएका छन् ।