देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पश्चिम तराईको असिनापानी र पहाडको हिमपात रातीदेखि बागमती आइपुग्ने

देशान्तर


काठमाडौं-पश्चिम तराईको असिनापानी र पहाडको हिमपात रातीदेखि बागमती आइपुग्ने भएको छ ।
वरिष्ठ मौसमविद राजु प्रधानाङ्गका अनुसार पश्चिम तराईका अधिकांश जिल्लामा अहिले वर्षा भइरहेको बताएका छन् । आज रातीदेखि बागमती प्रदेशमा पनि वर्षा हुनेछ । यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनेछ ।
लुम्बिनी प्रदेशका बाँके र दाङमा अरू जिल्लाभन्दा केही बढी वर्षा भएको छ । त्यस्तै कणर्ाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, कालीकोट लगायतका जिल्लामा हल्का वर्षा भइरहेको छ ।
कणर्ाली र सुदूरपश्चिम प्रदेशका अधिकांश हिमाली क्षेत्रमा हिमपातसमेत भइरहेको मौसमविदहरूले जनाएको छन् ।
तराईका जिल्लामा वर्षासँगै सामान्य असिना पानी र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुँदा अत्यधिक चियो बढेको छ ।
बिहानैदेखि तराईमा हुस्सु लागेको थियो र पहाडमा कुहिरो ढाँकेको थियो । हुस्सु, कुहिरोसँगै वर्षा भएपछि यहाँका उडानसमेत प्रभावित भएका थिए ।
मौसमविद प्रधानाङ्गका अनुसार भोलि देशैभर वर्षा हुने र केही स्थानमा चट्याङसहित असिना पानी पर्नेछ ।
शनिबार गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनुका साथै उक्त प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रूपमा सुधार हुने प्रधानाङ्गले देशान्तरलाई जानकारी दिए ।