देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नारायणहिटी दरबार संग्रहालयका जिर्ण संरचना मर्मत सम्भार गर्न निर्देशन

देशान्तर


काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जिणर् भएका संरचनाहरुलाई मर्मत सम्भार गर्न निर्देशन दिएको छ ।

बिहीवार मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै संग्रहालय परिरसमा जिणर् अवस्थामा रहेका संरचनाहरुको मर्मत सम्भार गर्न निर्देशन दिएका हुन् । संग्रहालय अवलोकनपछि देशान्तरसँग कुरा गर्दै मन्त्री आलेले संग्रहालय भित्रका विभिन्न ठाउँमा बत्तिहरु जिणर् अवस्थामा देखिएकाले तुरुन्त मर्मत गरी सुचारु गर्न निर्देशन दिएको बताए ।

त्यसैगरी गेटको बाहिर छाना छुहिने अवस्था रहेकाले त्यसको पनि मर्मत गर्न भनिएको उनले बताए । त्यस्तै, संग्रहालयमा रहेका पुराना गाडीहरुलाई मर्मतका साथसाथै रङरोग गरेर राख्न पनि निर्देशन दिइएको बताए । उनले नारायणहिटी दरबार संग्रहालयमा अधुरा रहेका कामहरुलाई सम्पन्न गर्नका लागि छुट्टै डिपिआर बनाउन पनि निर्देशन दिएका छन् ।

बतास समुहलाई नारायणहिटी दरबार संग्रहालयबाट हटाउन र आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायलाई पत्राचार पनि भइसकेको उनले देशान्तरलाई बताएका छन् ।