देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ललितपुरमा गाडिएको अवस्थामा शव भेटियो

देशान्तर

ललितपुरमा गाडिएको अवस्थामा शव भेटिएको छ ।

मोरङमा खाल्डो खनेर पुरिएको दुई जनाको शवबारे अनुसन्धान गरिरहेका प्रहरी टोलीले ललितपुरमा पनि शव रहेको सूचना पाएका हो । त्यही आधारमा धापाखेल गएको अपराध महाशाखाको टोलीले अर्को शव बरामद गरेको एसएसपी वसन्तबहादुर कुँवरले देशान्तरलाई जानकारी दिएका छन् ।

बरामद शव तेह्रथुमका मोहन लिम्बुको भएको कुँवरले बताए । उक्त शव करिब एक महिनाअघि गाडिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

शव प्रमिश थापा मगरको घर पछाडि खाल्डो खनेर गाडिएको अवस्थामा बरामद भएको हो । उक्त घर एक किन्डरगार्डेनलाई भाडामा दिइएको थियो । ‘भाडामा लिने मान्छेहरु त्यहाँ छैनन्, अनुसन्धान गरिरहेका छौं’ कुँवरले भने ।

यसअघि १२ माघमा मोरङको धनपालथान गाउँपालिका-७, कमलपुरको बस्तीनजिक उखुबारीमा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटिएको थियो । दुवै जना व्यवसायी भएको खुलेको थियो ।