देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शाखा अधिकृतको परीक्षा तत्काल नहुने

देशान्तर


काठमाडौं-सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको लोकसेवा आयोगको शाखा अधिकृतको लिखित परीक्षा शुरु नहुने भएको छ ।

सर्वोच्च अदालतको पूणर् इजलासले गत माघ १२ गते कर्मचारी समायोजन र शाखा अधिकृतको दरबन्दी संख्यासम्बन्धी विवाद टुङ्ग्याए पनि आयोगले परीक्षा शुरु गर्न नसकिने निष्कर्ष निकालेको हो ।

आयोगका एक पदाधिकारीका अनुसार, आयोगलाई विपक्षी बनाइएका करिव ३५ वटा मुद्दामध्ये २५ वटा मुद्दा सर्वोच्च अदालतको पूणर् इजलासबाट टुंगिए पनि अरू केही मुद्दा बाँकी रहेका छन् ।

सर्वोच्च अदालतमै विचाराधीन अरु मुद्दा नटुंगिएको भन्दै लोकसेवा आयोगले गतवर्ष नै प्रारम्भिक परीक्षा लिएको शाखा अधिकृतको दोस्रो चरणको परीक्षा शुरु गर्न नसक्ने निष्कर्ष निकालेको हो ।

गत माघ १२ गते सर्वोच्च अदालतले कर्मचारी समायोजनलाई कानूनसम्मत ठहर्‍याउँदै समायोजन भएका कर्मचारीलाई फेरि संघीय निजामती सेवामा फर्काउन नपर्ने फैसला गरेको थियो ।

त्यसक्रममा उसले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरुको सिट सुरक्षित राख्नु भनी जारी भएको अन्तरिम आदेश खारेज हुने निणर्य सुनाएको थियो । अनि रोकिएका परीक्षासमेत सञ्चालन गर्नू भनेको थियो । त्यो मुद्दाको हकमा आदेश आएपनि अरु मुद्दा विचाराधीन भएको भन्दै लोकसेवा आयोगले शाखा अधिकृतको परीक्षा तत्काल अघि नबढाउने योजना बनाएको हो ।