देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तीन व्यवसायीको हत्या अभियोगमा पक्राउ परेका तीनै जनालाई सार्वजनिक गरियो

देशान्तर

काठमाडौं – तीन व्यवसायीको हत्या अभियोगमा पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार सार्वजनिक गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरेर हत्याका मुख्य योजनाकार अनिल मण्डलसहित तीन जनालाई सार्वजनिक गरेको हो । सिरहाका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका-४ सिस्वनीका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका-७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई सार्वजनिक गरेको हो ।

उनीहरुले सुनसरीका राजेन्द्रकुमार श्रेष्ठ, सप्तरीका शम्भुकुमार चौधरीको हत्या गरी मोरङको उखुबारीमा गाडेको अवस्थामा माघ १३ गते शव फेला परेको थियो । तेह्रथुमका मोहन लिम्बुको शव बिहीबार साँझ ललितपुरको गोदावारी नगरपालिका-१२ स्थित ठेंचोमा गाडीएको अवस्थामा फेला परेको थियो ।

हत्याका मुख्य योजनाकार मण्डल र मारिएका तीन जना एउटै समूहमा व्यवसाय गर्थे । व्यवसायको रकम एकलौटी पार्नका लागि मण्डलले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । गत माघ १३ र १४ गते मोरङको धनपालथन गाउँपालिका-७ को उखुबारीमा गाडिएको अवस्थामा भेटिएका दुई जनाको हत्या तुलसीपुर-घोराही फोरलेन सडकसँग सम्बन्धित रहेको पाइएको छ । हत्या गरि उखुबारीमा शव गाडिएका शम्भु चौधरी तुलसीपुर-घोराही फोरलेन सडकका नयाँ ठेकेदार भएको पाइएको छ ।

१ अर्ब ३५ करोड लागतको उक्त ठेक्का शम्भु चौधरी लगायतका समूहले हाल सालै मात्रै अर्का पेटी ठेकेदार अनुप पाण्डे लगायतको समूहबाट लिएको दाबी गरिएको छ ।