देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित

देशान्तर

काठमाडौं – काठमाडौं आउने रुटमा मौसमका कारण प्रतिकुल समस्या उत्पन्न हुँदा आन्तरिक तथा बाहृय उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार गन्तब्य विमानस्थलभन्दा समस्या ‘इनरुट’मा देखिएको छ ।

जसले गर्दा उडानरअवतरण नै प्रभावित बनेको हो । केही जहाजलाई अवतरणमा समस्या भएका कारण होल्ड गराउनु परेको कार्यालय स्रोतले जनाएको छ ।

बुद्ध एयरका अनुसार गन्तब्य विमानस्थलमा भन्दा शुक्रबार बढी रुटमै मौसमले चुनौती दिएको छ । यसले उडानहरु ढिला हुने र कुनै कुनैमा रद्ध हुने समस्या समेत आएको छ ।

विमानस्थल कार्यालयका अनुसार विहान सिमराका लागि निर्धारित उडानहरु रद्ध भएका छन् । जनकपुर, भरतपुर तथा पोखराका उडान समेत डिले हुने समस्या छ ।