देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विद्युत प्राधिकरण बैतडीका कर्मचारी मृत फेला

देशान्तर

काठमाडौँ – विद्युत प्राधिकरण वितरण केन्द्र गोठलापानी बैतडीमा कार्यरत एक जना कर्मचारी मृत फेला परेका छन्।

कार्यालयमा मिटर रिडिङको काम गर्दै आएका दशरथचन्द नगरपालिका–२ का अन्दाजी ४३ वर्षीय मानसिंह रावत मृत फेला परेको प्रहरीले जनाएको छ।
उनी शुक्रबार साँझ सोही ठाउँको सैरेने गडामा पल्टेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार उनी २० गतेबाट घरबाट सम्पर्कविहीन थिए।घटनास्थल कार्य गरेर उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखेको प्रहरी जनाएको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।