देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानसम्पादक राणाको मातृशोकप्रति प्रधानमन्त्रीद्वारा समवेदना प्रकट(विज्ञप्तिसहित)

देशान्तर

 

 

 

 

 

 

 

 

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस भक्तपुरका नेता, पूर्व महासमिति सदस्य एवं देशान्तर साप्ताहिकका प्रधान सम्पादक कविर राणाको माताको निधनप्रति समवेदना प्रकट गरेका छन् ।
आज नेपाली कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा राणाको ममतामयी माताको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै चिर शान्तिको कामना व्यक्त गरेका हुन् । प्रेषित विज्ञप्तिमा राणाप्रति भावपूणर् श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेको उल्लेख गरिएको छ ।
स्वर्गीय ८३ वर्षीया मीनकुमारी राणाको माघ १५ गते निधन भएको थियो । स्वर्गीय राणाले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको छ । उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ ।