
काठमाडौं-आगामी वैशाख ९ गतेबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने भएको छ ।
बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ गतेदेखि वैशाख २० सम्म परीक्षा सञ्चालन गर्ने निणर्य गरेको हो ।
परीक्षा तालिका बिहीवार सार्वजनिक गर्ने तयारी बोर्डको छ ।
स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।
उनले भने ‘हामीले वैशाखभित्र गर्ने भनेकै थियौं । तर निर्वाचनको मिति तय नहुँदासम्म जुध्ने होकी भन्ने विषयले केही ढिलाइ भएको हो । निर्वाचन अघि नै परीक्षा सक्नेगरी मिति तय गरिएको हो ।’
बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ ।





प्रतिक्रिया