
काठमाडौं -राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायले भोगेका उत्पीडनको सम्बन्धमा समाजशास्त्रीय अध्ययन हुनुपर्ने बताउएका छन् ।
दलित आयोगका पदाधिकारीको एक वर्ष अवधि पुगेको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष विश्वकर्माले दलित समुदायले भोगेका विभेद र उत्पीडनको समाजशास्त्रीय अध्ययन हुनुपर्ने बताए ।
दलित समुदायका व्यक्तिमाथि अझैपनि कुनै न कुनै रुपको विभेद भइरहेको उनको भनाई छ । दलित समुदायमाथि हुने विभेदका कारण राज्यले नै घाटा बेहोर्नु परेको भन्दै उहाँले यस विषयमा देश, विदेशका विश्वविद्यालयका प्राध्यापक र समाजशास्त्रिहरुको संलग्नतामा अध्ययन हुनुपर्नेमा जोड दिए ।
आयोगले यस अवधिमा आयोगको बैठक सञ्चालन कार्यविधि, २०७८ निर्माण गरी कार्यान्वयनमा ल्याएको जनाएको छ । त्यस्तै दलित समुदायका जातीरथरहरुको सूचीकरणका लागि थर सूचीकरण मापदण्ड, २०७८ तयार गरी कार्य अगाडी बढाएको आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले बताए ।
आयोगले राजनीतिक दलमा दलित समुदायको कमिटीगत प्रतिनिधित्व न्यून भएकाले संविधानको धारा ४० को उपधारा १८ तथा धारा २६९ को उपधारा ४९ग० बमोजिम समानुपातिक प्रतिनिधित्वको लागि लेखि पठाएको पनि जानकारी गराइएको छ ।





प्रतिक्रिया