देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२८ वटा बेवारिसे सवारीसाधन सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

देशान्तर

 

काठमाडौँ -महानगरीय ट्राफिक प्रहरी महाशाखाले बेवाररिसे अवस्थामा फेला परेका २८ वटा सवारीसाधन सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।

महाशाखाले बिहीवार एक कार्यक्रमका बीच बेवारिसे अवस्थामा फेला परेका २८ वटा सवारीसाधन सम्बन्धित सवारी धनीलाई बुझाएको हो । २८ सवारीसाधनमा १७ वटा मोटरसाइकल तथा ११ वटा स्कुटर रहेका छन् । सम्बन्धित सवारीधनीलाई सवारी हस्तान्तरण गर्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक उमेशराज जोशीले सवारी चालकहरुले पार्किङ गर्दा ध्यान पु¥याउन आवश्यक रहेको बताए । उनले जथाभावि पार्किङ नगर्ने, पार्किङ गर्दा उज्यालो स्थानमा राख्ने गरेमा सवारीसाधन हराउनबाट जोगाउन सकिने बताएका छन् ।

महाशाखा प्रमुख जोशीले भने, ‘हाम्रो एउटा डेडिकेटेट युनिट छ चोरी सम्बन्धी हेर्ने । आज चोरीका केही सवारीसाधनहरु फेला परेपछि सम्बन्धित सवारी धनीलाई बोलाएर दिएका छाँै । यसमा धेरै मेहेनत छ । यहाँहरुले पनि आफ्नो सवारीसाधनको सुरक्षा गर्नुपर्छ । त्यसको लागि उज्यालो ठाउँमा राख्ने, जथाभावि पार्किङ नगर्ने गर्नुपर्छ । कतिपय सवारीसाधन बेवारिसे रुपमा प्राप्त गरेका छौँ र कतिपय चोरीपछि पक्राउ गरिएका छन् । चोरीमा संलग्नहरुलाई कानूनको दायरामा ल्याएर कानूनअनुसार कारबाही हुन्छ । तपाईले कतिपय स्थानमा बेवारिसे अवस्थामा रहेका सवारी सधान देख्नुभएमा १०३ मा खबर गरिदिनु होला ।’

महाशाखा प्रमुख जोशीले कतिपय सवारीसाधन चोरी गरेको पाइएकोले चोरी गर्नेहरुलाई कानूनि दायरामा लगेपछि मात्रै सम्बन्धितलाई सवारीसाधन हस्तान्तरण गरिने बताए । उनले लामो समयसम्म बेवारिसे रुपमा रहेका सवारी साधन देखेमा १०३ मा फोन गरेर सूचना दिन आग्रह गरेका छन् । महाशाखाले चालु आर्थिक वर्षमा ८६१ वटा चोरीका सवारीसाधनहरु हालसम्म सम्बन्धित धनीलाई बुझाइएको र चोरीमा संलग्न ३८ जनालाई पक्राउ गरी कानूनि कारबाहीको दायरामा ल्याएको उल्लेख गरेको छ ।