देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भोलिदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने

देशान्तर

काठमाडौँ – अब नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने भएको छ । फागुन १ गते आईतबारदेखि बागमती प्रदेशमा दर्ता भएका सवारीसाधनको कर र नवीकरण शुल्क तिर्न सकिने भएको हो ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नागरिक एपबाट सवारी कर र नवीकरण गर्न सकिने गरी ईसेवा र खल्तीलाई अनुमति दिएको छ ।

मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आईएमई बैंकबाट हिसा मिलान गर्ने गरी इसेवा र खल्तीलाई सवारी कर र नवीकरण शुल्क संकलन गर्न स्वीकृति दिएको जनाएको छ ।

शुरूमा बागमती प्रदेशबाट सवारीकर र नवीकरण शुल्क तिर्ने व्यवस्था भएपनि विस्तारै अन्य प्रदेश समेत थप्दै जाने नागरिक एपको योजना रहेको छ ।