देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

देशान्तर

पर्वत – बागलुङ घर भई पर्वतमा बस्दै आएका एक पुरुषले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

बागलुङको बागलुङ नगरपालिका–६ घर भई पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्दै आएका ४३ वर्षिय राजु परियारले श्रीमती सीता परियारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए।

शुक्रवार बिहान करिब १० बजेको समयमा परियारले श्रीमतीको हत्या गरेको र मृतक महिलाको शरीरमा निल डाम सहित टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ। प्रहरीले आरोपित राजुलाई घटना स्थलबाट खुर्पा सहित नियन्त्रणमा लिएको छ।

त्यो दम्पतीबीच यस अघि पनि पटक–पटक झगडा गरेर सामुदायिक सेवा केन्द्र र महिला तथा बालबालिका सेवा केन्द्रमा आउने गरेको प्रहरीले जनाएको छ। यस अगाडिका झगडामा मेलमिलाप पश्चात् फर्किने गरेको भए पनि यस पटक भने हत्या नै गरेको डिएसपी बुढाथोकी बताउँछन्।