देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘ए मेरो हजुर ४’शीर्ष गीत सार्वजनिक

देशान्तर

काठमाडौँ – अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ४’को शीर्ष गीत रिलिज भएको छ । शुक्रबार बानेश्वरस्थित वन सिनेमामा औपचारिक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । कल्याण सिंहको संगीत रहेको गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । गीत रचना रवि मल्लले गरेका हुन् ।

गीत डोल्पाको सेफोक्सुन्डो तालमा खिचिएको हो । गीतलाई रामजी लामिछानेले कोरियोग्राफ गरेका हुन् गीतको छायांकन सञ्जय लामाको रहेको छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै गायक सुगम पोखरेलले एउटा माइलस्टोन गीतको हिस्सा बन्न पाउँदा खुसी लागेको बताए ।

उनले भने, ‘यो २० वर्ष अगाडिको कालजयी गीत हो । यसको हुक लाइन लिएर नयाँ गीत बनाउन चुनौती थियो जुन संगीतकारले राम्ररी पूरा गरेका छन् । मैले गाउँदा पनि तुलना हुने कुरा सम्झेर नै गाएको छु । यो सुपरहिट हुने कुरामा विश्वस्त छु ।’

त्यसैगरी संगीतकार कल्याण सिंहले पनि पहिलाको हुक लाइनलाई नयाँ गीतसँग मिलाउन निकै गाह्रो भएको तर भिज्युल हेर्दा आफ्नो त्यो मेहनत सार्थक भएको धारणा राखेका थिए ।