देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पशुपति धर्मशाला संचालनमा रोक नलगाउन आदेश

देशान्तर

काठमाडौं – बतास ग्रुपले सञ्चालन जिम्मा पाएको गौशालास्थित धर्मशाला सञ्चालनमा रोक नलगाउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा मन्त्रालयले धर्मशालमा होटल सञ्चालन गर्न बतास ग्रुपले पाएको इजाजत खारेज गरिएको थियो। सम्झौता विपरित होटल संचालन गरेको भन्दै पर्यटन मन्त्रालयले पशुपतिस्थित धर्मशालाको सञ्चालन जिम्मा पाएको होटल आनन्द प्रालिसँग सम्झौता रद्द गरेको थियो।

त्यसविरुद्ध बतास समूहले दायर गरेको रिटमा न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले आज अल्पकालीन अन्तरिम आदेश दिएको हो। उच्च अदालत पाटनले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न आगामी फागुन ९ गते दुवै पक्षलाई झिकाउन समेत आदेश दिएको छ।