सुनसरी – सुनसरीको धरान उप-महानगरपालिका-४ स्थित धरान-भेडेटार सडक खण्डको जंगलमा फेला परेको मानव अंगबारे अनुसन्धान गर्न तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । घटनास्थलमा तालिमप्राप्त कुकुर पठाइएको सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
सडकखण्डको आँपगाछी क्षेत्रको जंगलमा सडकबाट भिरमा फालेको अवस्थामा दुईटा झोलामा शव भेटिएको थियो । जेब्रा झोलामा टाउको, खुट्टा र प्लाष्टिकको झोलामा शरीर फेला परेको एसपी थापाले बताए ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर नेतृत्वको टोली अनुसन्धानमा खटिएका छन् । फरेन्सिक चिकित्सकको टोलीले पनि हत्याको प्रकृतिबारे अनुसन्धान गरेका छन् ।





प्रतिक्रिया