देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सबै सार्वजनिक विद्यालयमा ‘आईसिटी ल्याब’ स्थापना गरिने

देशान्तर

काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले दुई हजार तीन सय विद्यालयमा एकैसाथ ‘आईसीटी ल्याब’ स्थापना गर्ने बताएका छन् ।

बिहीबार राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले तीन वर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयमा ‘आईसीटी ल्याब’ निर्माण गरिने बताए ।
तत्काल दुई हजार तीन सय विद्यालयमा आईसीटी ल्याब बनाउने निर्णय भएको छ । यसको प्रक्रिया छिट्टै अघि बढछ । क्रमशः तीन वर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयमा निर्माण गरिनेछ ।

सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि भौतिक पूर्वाधारको अभाव भएका ठाउँमा सरकारले काम सुरु गरेको छ । त्यसका लागि सरोकारवालाहरूको सहयोग आवश्यक छ,’ उनले भने ।

उनले सार्वजनिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कन नदिने गरी १८ हजार शिक्षकहरुको नयाँ दरबन्दीको व्यवस्था गर्नु परेको बताए ।