देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फेवातालदेखि सराङकोटसम्म केबलकार सञ्चालनमा

देशान्तर

काठमाडौं – पोखराको पर्यटकीय गन्तव्य फेवाताल किनारबाट सराङकोट डाँडासम्म शुक्रबारदेखि केबुलकार सञ्चालनमा आएको छ।

फेवाताल र सराङकोटडाँडा दुई पर्यटकीय गन्तव्यलाई जोड्न अन्नपूर्ण केबुलकार प्रालिले केबलकार निर्माण गरेको हो।

१३ वर्षअगाडि अध्ययन भएर २ अर्ब रूपैयाँभन्दा बढी लगानीमा निर्माण गरेर शुक्रबारदेखि व्यावसायिक सेवा सुरू गरिएको अन्नपूर्ण केबुलकार प्रालिका निर्देशक तीर्थ त्रिपाठीले बताएका छन् ।

नले केबुलकारको क्षमता १ घण्टामा २ हजार मान्छे ओहोरदोहोर गराउने सक्ने जानकारी दिए। त्रिपाठीका अनुसार अहिले सञ्चालनमा आएको आधा क्षमताको मात्रै रहेको छ।​ अहिले १७ वटा केबल कार रहेको त्रिपाठीले जानकारी दिए। यसमा ३५ वटासम्म राख्न सकिने उनले बताए।

प्रबन्ध निर्देशक दिनेश पौडेलले केबुलकार पोखराको गहना भएको बताए। उनले फेवातालबाट साङकोटसम्म केबुलकारबाट नौ मिनेटमा पुग्न सकिने जानकारी दिए।​