देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१२६ किलो गाँजा बरामद, दुई जना पक्राउ

देशान्तर

जनकपुरधाम – सर्लाहीमा माछा बोक्ने गाडीबाट प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ ।

लालबन्दी नगरपालिका-१ स्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीबाट १ सय २६ किलो गाँजासहित दुई जनालाई शनिबार बिहान पक्राउ गरेको हो ।

प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त गाडीलाई चेकजाँच गर्दा माछा बोक्न राखिएको ड्रमबाट उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

गाँजा बरामद भएपछि गाडी चालक धादिङको सिद्धलेक गाउँपालिका-६ बस्ने २२ बर्षीय सुरेन्द्र बिक, सोही गाडीमा सवार मकवानपुरको कैलाश गाउँपालिका-२ का ४८ बर्षीय भीमलाल मोक्तानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।