देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अचेत अवस्थामा फेला परेका दुईको मृत्यु,एक व्यक्ति मृत फेला

देशान्तर

काठमाडौं – भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको कटारी-९ का ३५ वर्षीय सुरज तामाङ र गाईघाटका ४० वर्षीय गणेश मगर रहेका छन्।

दिव्यश्वरी प्लानिङ हलेसी मार्टपछाडि सडकमा घोप्टो भई अचेत अवस्थामा रहेका तामाङलाई प्रहरीले उपचारका लागि कोरियन अस्पताल भक्तपुर लगेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

यस्तै‚ मगरलाई उनकी श्रीमतीले ट्वाइलेटमा बिहीवार राति सवा २ बजे अचेत अवस्थामा फेला परेकी थिइन् । त्यसलगत्तै प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीको टोलीले मगरलाई कोरियन अस्पताल नै लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको परिसर प्रवक्ता राजु पाण्डेले जानकारी दिए। घटनास्थलबारे महानगरीय प्रहरी वृत्त ठिमीको टोलीले अनुसन्धान गरिरहेको प्रवक्ता पाण्डेले बताए।