देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धनगढीको बारमा ‘बन्धक बनाइएका’ किशोरीको उद्धार

देशान्तर

काठमाडौँ-कैलालीको धनगढीस्थित एक रेष्टुरेन्टबाट तीन किशोरीको उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिकास्थित रातोपुलमा रहेको टिनटिन रेष्टुरेन्ट एण्ड बारबाट तीन किशोरीको उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार केही महिनादेखि बन्धक बनाएको गुनासोपछि उनीहरुको उद्धार गरिएको हो ।

‘काम गराउने भनेर ल्याएको तर तलब पनि नदिएको, बाहिर निस्कन पनि नदिएको गुनासो आएको थियो,’ डिएसपी जोशीले भने, ‘सोही गुनासोको आधारमा तीन जनाको उद्धार गरिएको छ । रेष्टुरेन्ट सञ्चालकसहित तीन जनालाई पक्राउ पनि गरिएको छ ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले उद्धार गरिएका किशोरी र पक्राउ परेका अन्य तीन जनासंग सोधपुछ भइरहेको बताए ।