देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमसीसीको विरोधका क्रममा झडप हुदाँ तोडफोड भएको पसलको अनुगमन

देशान्तर

काठमाडौँ – एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुदाँ तोडफोड भएको पसलमा सरकारले चासो देखिएको छ ।

आइतबार एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुदाँ बुद्धनगरकी जानकी श्रेष्ठको पसलमा क्षति पुगेको थियो ।

प्रदर्शनकारीहरुले पाँच जना प्रहरीलाई घेरा हालेर ढुंगामुढा हान्ने क्रममा श्रेष्ठको पसलमा क्षति पुगेको थियो । प्रहरीलाई बचाउने क्रममा पसलमा क्षति पुगेपछि सरकारले चासो देखाएको हो । मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरी ब्याबसायी श्रेष्ठको पसलमा पुगेका हुन् ।

अनुगमनमा उनीहरुले पसलमा भएको क्षतीको विवरण संकलन गर्नुका साथै उचित क्षतिपूर्ति दिनका लागि गृह मन्त्रालयलाई आग्रह गर्ने समेत आश्वासन दिए ।

यसअघि मंगलबारै काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गी नेतृत्वको टोली पनि श्रेष्ठको पसलमा पुगेर क्षति विवरण लिएका थिए ।