देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्काउटको प्रधान कार्यालयमा तोडफोड र चोरी

देशान्तर

काठमाडौँ-नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा एक अपरिचित समूहले कार्यालय तोडफोड र चोरी गरेको छ ।

मंगलबार दिउँसो स्काउटको कार्यालयमा एक अपरिचित समूह प्रवेश गरी स्काउटका कर्मचारीलाई हातापात गरि तोडफोड गरेको छ । साथै तोडफोड पछि त्यो समूहले चोरी समेत गरेको नेपाल स्काउटले बताएको छ ।

मंगलबार नेपाल स्काउटले पत्रकार सम्मेलन गरि तोडफोड पछि त्यो समूहले चोरी गरेको जानकारी दिएको छ । स्काउटको स्वामित्वमा रहेको जग्गा र व्यवसायीक भवनहरु खड्का ल्याण्ड डेभलपमेण्टले भाडामा लिएर अवैध संरचना बनाएको त्यसलाई रोक्न खोज्दा खड्का ल्याण्ड डेभलपमेण्टका मान्छेहरुले नै स्काउट कर्मचारी तथा कार्यालयमा नै तोडफोड गरेको आरोप नेपाल स्काउटले लगाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले खड्काल्याण्ड डेभलपमेण्ट प्रा।ली।ले भाडा बापत ३ करोड १७ लाख ८ हजार ९ सय १० रुपैयाँ भाडा नतिरेकाले तीर्न ताकेता गर्दा एक समूहले कार्यालयमा तोडफोड गरेको बताउनुभयो ।