देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ जना न्यायाधीशको नाम सिफारिस

देशान्तर

काठमाडौँ । न्याय परिषद्को बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ न्यायाधीशको नाम सिफारिस गरेको छ ।

बुधबार कामु धानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको न्याय परिषद्को बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ न्यायाधीशको नाम सिफारिस गरेको हो ।

बैठकले विशेष अदालतको अध्यक्षका लागि १ जना र सदस्यका लागि ५ जनाको नाम सिफारिस गरेको हो ।

विशेष अदालतको अध्यक्षका लागि न्यायाधीश श्रीकान्त पौडेलको नाम सिफारिस भएको छ भने न्यायाधीशहरुमा रमेशकुमार पोखरेल, यमुना भट्टराई, सालिग्राम कोइराला, बलभद्र बास्तोला तथा डा. खुसीप्रसाद थारुको नाम सिफारिस गरेको छ ।